Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Friday, 7 September 2012

दाङमा ब्राउन सुगरसहित दुई युवक पक्राउ

दाङमा ब्राउन सुगरसहित दुई युवक पक्राउ

निमुसंगम घर्ती
२२ भदौ, दाङ । दाङमा साढे सात सय ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयवाट गएको प्रहरीको टोलीले उनीहरुलाई  उरहरी-४, जसपुरवाट पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो । वा ४८ प ५६३८ नम्बरको पल्सर मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँचका क्रममा पक्राउ गरीएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका-५, न्युरोड बस्ने किरण परियार र नेपालगंज १० घर भई हाल तुलसीपुर नगरपालिका-५, प्रगतिशिल टोल बस्दै आएका सम्मिम कुरेसी रहेको इलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ ।
अभियुक्त मध्यका सम्मिम कुरेसीले रुपैडियाबाट साढे ७ हजारमा ब्राउन सुगर किनेको र मोटरसाइकल किरण परियारको भएको प्रहरी समक्ष बयान दिएका छन् । मोटरसाइकलको अगाडिको भागमा सलाईको बट्टामा प्लास्टिकले बाधेर लुकाई छिपाई ल्याउनेक्रममा प्रहरीले पक्राउ गरेको थियो । पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक मदन कुमार थापाले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाउने जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई लागुऔषध निबारण ऐन २०३३ को परिच्छेद ३ को सजाय र दफा ६ बमोजिम कारबाही हुने उहाँले बताउनुभयो । नेपालमा २५ ग्राम सम्म लागु औषध बोक्नेलाई १० देखि १५ बर्षसम्म कैद र ५ हजार देखि २५ हजार रुपैंयाँसम्म जरिमाना हुने कानुनी ब्यवस्था छ ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com