Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Thursday, 6 September 2012

एकल जातीय भन्नेहरु अहिले बहुजातीयको वकालत थाले : केसी

एकल जातीय भन्नेहरु अहिले बहुजातीयको वकालत थाले : केसी



२१ भदौ, चितवन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चार वर्षदेखि लगातार एकल जातीय राज्यको नारा लगाउनेहरु अहिले बहुजातीय प्रदेशको वकालत गर्न थालेको आरोप लगाउनु भएको छ । राष्ट्रिय जनमोर्चा चितवनले विहीवार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एकल जातीय राज्य बनाउन नसकेपछि तीनै दल तथा जातीवादी नेताहरुले अहिले बहुजातीय प्रदेशको पक्षमा वकालत गर्न थालेको बताउनुभयो ।
एकात्मक राज्य प्रणालीअन्तर्गत विकेन्द्रीकरण गर्नुपर्ने राष्ट्रिय जनमोर्चाको अडानमा कुनै परिवर्तन नभएको भन्दै केसीले जातीयताकै कारणले राष्ट्रलाई विखण्डनतर्फ लैजाने वताउनुभयो । सङ्घीयताका आधारमा जातीय राज्य माग्ने नेपालीको माग नभई विदेशीको इसारामा आएको केसीको भनाई छ ।
केसीले एकीकृत माओवादी, मधेसवादी र जातिवादीको हठका कारण संविधान बन्न नसकेको आरोप लगाउनुभयो । केसीले एकल जातीयभन्दा बहुजातीय प्रदेश केही सकारात्मक रहेको संकेत गर्नु भयो ।केसीले एकीकृत माओवादी र मधेसवादी दलका बीचमा सत्ता लम्ब्याउनका लागि अपवित्र गठबन्धन भएको वताउनभुयो । शतप्रतिशत समय थप गर्दा समेत नबनेको संविधान संविधानसभा ब्युँताएर बन्न नसक्ने नेता केसीले ठोकुवा गर्नु भयो ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com