२१ भदौ, काठमाण्डौं । नेपाली क्रिकेटर शक्ति गौचनले एक दिवसीय क्रिकेटको बलिङमा नयाँ विश्व कीर्तिमान बनाएका छन् ।
आईसीसी वल्र्ड क्रिकेट डिभिजन फोरमा मलेसियाविरुद्ध उत्कृष्ट बलिङ गरेका शक्तिले वेष्ट इकोनोमी रन रेटमा वेष्ट इण्डिजका फिल सिमोनको २० वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । शक्तिले १० ओभरमा ८ मेडन राख्दै २ रन दिएर ३ विकेट लिए । उनको इकोनोमी रन रेट शुन्य दशमलव २० छ ।
यसअघि फिल सिमोनले सन् १९९२ डिसेम्बरमा पाकिस्तानविरुद्ध १० ओभरमा ८ मेडन राख्दै ३ रन दिएर ४ विकेट दिएका थिए । उनको वेष्ट इकोनोमी रन रेट शुन्य दशमलव ३० थियो ।

No comments:
Post a Comment
radijaljalanews@gmail.com