Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Wednesday, 5 September 2012

अब ह्याकिङबाट छुटकारा !?

अब ह्याकिङबाट छुटकारा !?

 
निकट भविष्यमा कम्प्युटर तथा मोबाइल फोन ह्याक हुने समस्याबाट छुटकारा पाउने सम्भावना बढेको वैज्ञानिकहरुलेब ताएका छन् । शोधकर्ताहरुका अनुसार अबको दश वर्षभित्रमा क्वान्टम कम्प्युटरको निर्माण गर्न सकिनेछ जसबाट मोबाइल तथा कम्प्युटर ह्याकिङ असम्भव बन्नेछ ।
शोधकर्ताहरुका अनुसार उनीहरुले क्वान्टम कम्प्युटरको निर्माण सम्भव पार्ने एउटा सिलिकन चिपको विकाश गरेका छन् । क्वान्टम कम्प्युटर बनाउने प्रक्रिया अहिले प्रारम्भिक चरणमा रहेको र यस्तो कम्प्युटर बनेपछि कम्प्युटर जगतमा नयाँ क्रान्ति हुने शोधकर्ताहरुको दाबी छ ।
बेलायतको ह्यारियट वाट विश्वविद्यालय तथा बि्रस्टल सहरका शोधकर्ताहरुको टोलीले क्वान्टम कम्प्युटरमा प्रयोग हुने उक्त चीप तयार पारेको हो । आफुहरुले बनाएको सिलिकन चिपले ठूलो परुमिाणमा क्वान्टम चीपको उत्पादनको लागि बाटो खोल्ने उनीहरुको दाबी छ । यस्तो चीप प्रयोग हुने कम्प्युटर तथा मोबाइल फोनको ह्याकिङ तथा कोड चोर्न असम्भव हुने बताइएको छ ।
कम्प्युटर तथा मोबाइल फोन ह्याक हुने र विभिन्न गोप्य तथा महत्वपूर्ण सूचना तथा डाटाहरु चोरी हुने समस्या पछिल्लो समयमा विश्वव्यापी रुपमै बढिरहेको छ । विश्वमा ह्याकरहरुको ठूलो संजाल रहेको छ, जसले ह्याकिङमार्फत अरुलाई दुख त दिइरहेका छन् नै ठूलो धनराशी पनि कमाइरहेका छन् ।
Online Sahityik Blog

Online Sahityik Blog

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com