दाङ, भाद्र २०
दाङको देउखुरीमा भएको अवैध सालका रुख कटानीप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ अम्विकेश्वरी रेञ्जपोष्टले दोषी उपर कारवाहीको माग गरेको छ ।
अम्विकेश्वरी रेञ्जपोष्ट महासंघको आज घोराहीमा सम्पन्न बैठकले सत्यतथ्य छानविन गरी रुख कटानीमा संलग्न दोषी उपर कडा कारवाही गर्न माग गरेको हो । महिलाहरुको महान पर्व तिजका अवसरमा भदौ २४ गते तिज बिषेश कार्यक्रम गर्ने निर्णय गर्दै बैठकले उपस्थितिका लागि आग्रह गरेको छ ।
असोज मसान्तभित्र रेञ्जपोष्ट अन्र्तगत रहेका सवै सामुदायिक वन समूहहरुको साधारणसभा गर्ने निर्णय गर्दै बैठकले लेखा परिक्षणका लागि लेखा परिक्षक टिकाबहादुर विश्वकर्मालाई जिम्मा दिने निर्णय गरेको बैठकपछि रेञ्जपोष्टका सचिव आशाराम चौधरीले बिज्ञप्ति निकालेर जानकारी दिनु भएको छ ।
रेञ्जपोष्टकी सदस्य रामकली परियारका छोरा अशोक परियारको निधनप्रति दुख ब्यक्त गर्दै बैठकले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
रेञ्जपोष्ट अध्यक्ष कर्णबहादुर बुढाथोकीको सभापतित्व एंव वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा वन महासंघका जिल्ला सदस्य भगतसिंह भण्डारी, कृष्णा राना, न्यायिक समिति संयोजक भूपेन्द्र सुवेदी, रोवहरबहादुर केसी, पार्वता योग, टिकाबहादुर विश्वकर्मा लगायतकाले बोल्नु भएको थियो ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com