, बागलुङ भदौ २०
बागलुङको बोहोरागाउँ वडा नं १ छापाखानीमा स्टार युवाकल्वलको बैठक सम्पन्न भएको छ । कल्वका अध्यक्ष भीम घर्तिमगरको अध्यक्षतामा बसेको बैठकमा समाजमा रहेका विकृति, विसंगतीहरुलाई निर्मूल पारी सभ्य समाज निर्माणका लागि युवाहरुको महत्वपूर्ण भुमिका रहने भएकाले सुधारात्मक बाटोमा लैजान भन्दै विभिन्न निर्णय गरेको छ । जसअन्तर्गत समाजमा हुने अराजक गतिविधी नियन्त्रण गर्ने, मदिरा सेवन पूर्ण रुपमा बन्द गर्ने, जुवातास खेल्न रोक लगाउने ,यदि कोहिकसैबाट यस्तो कार्य भएको भेटिएमा कानुनी कार्बाही गर्नेलगायतका निर्णयहरु पारित गरेको छ ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com