काठमाडौं, भदौ २२- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खेलकुद समाज विकासको सूचक भएको र यस क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको एनभिएकप राष्ट्रिय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा उनले खेलकुद क्षेत्रमा साधनस्रोतको कमी भएपनि सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।
प्रधानमन्त्रीले देशको आर्थिक, समाजिक र साँस्कृतिक क्षेत्रको विकास भएपछि अन्य क्षेत्रको पनि क्रमिकरुपमा विकास हुँदै जाने बताए ।
उनले नेपालको भौगोलिक हिसाबले भलिबल खेल अत्यन्तै सर्वसुलभ र लोकप्रिय खेल भएको बताउँदै आफू विद्यालयमा अध्ययनरत रहँदा भलिबल खेल्ने गरेको स्मरण गरे ।
उनले राजनीतिमा पनि खेलकुदमा झैं नियमको पालना हुनुपर्नेमा पनि जोड दिए ।
त्यस अवसरमा प्रधानमन्त्री डा. भट्टराईले पूर्व राष्ट्रिय खेलाडी एवम् सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दुर्जकमार राईलाई सम्मानपत्र प्रदान गरेका थिए ।
दुर्जकुमारले सन् १९८० को दशकमा युरोपियन च्याम्पियनमा समेत नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com