Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Friday, 7 September 2012

एकिकृत नेकपा माओबादीद्वारा भेला तथा प्रशिक्षणलाई तिब्रता

एकिकृत नेकपा माओबादीद्वारा भेला तथा प्रशिक्षणलाई तिब्रता



रोल्पा, भाद्र २२
एकिकृत नेकपा माओबादी ५ नं. इलका सम्मेलन आयोजक समितिको बैठक तथा प्रशिक्षण कार्यक्रम आज जैमाकसलामा सम्पन्न भएको छ । पार्टी विभाजन पछि संठन बिस्तार तथा भेला संम्मेलनलाई तिब्रता दिएको माओबादीले आज जैमाकसलामा सम्पन्न गरेको हो ।
५ नं. इलाका संयोजक दुर्गालाल पुन कन्चनको अध्यक्षता तथा संचालनमा भएको कार्यक्रममा पार्टी सदस्य, इलाका सदस्य, जिल्ला आयोजक समितिका सदस्यहरुको सहभागिता रहेको थियो । क्षेत्र नं. १ का विभिन्न ठाउमा बैठक तथा भेला प्रशिक्षण अन्तरगत आज क्षेत्र नं.१ का संयोजक बाबुलाल पुन शक्तिमान, राज्य सम्मेलन आयोजक समितिका सदस्य सुरेन्द्र घर्ति, धु्रब, बिर बहादुर घर्ति लगाएतले प्रशिक्षण दिनु भएको माओबादीले जनाएको छ ।
२० जनाको उपस्थीतीरहेको कार्यक्रममा सुरेन्द्र घर्ति, बाबुलालपुन , अन्य राज्य सम्मेलन आयोजक समितिका सदस्य, जिल्ला सम्मेलन आयोजक समितिका सदस्य लगाएतको उपस्थीति रहेको जिल्ला सम्मेदन आयोजक समितिका सदस्य विमलले जानकारी दिनु भएको छ ।


यसैबिच बागेश्वरी माबि भावाङमा एकिकृत नेकपा माओबादी निकट अखिल क्रान्तिकारी मूल इकाई कमिटी गठन गरिएको छ ।
अखिल क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समिति सदस्य बिर बहादुर घर्तीको प्रमुख आतित्थ्यतामा २१ सदस्यीय मूल इकाई कमिटी गठन गरिएको हो ।
अमर डागीँको अध्यक्षतामा गठन गरिएको कमिटीमा दिपेन्द्र पुन उपाध्यक्ष, यमुना घर्ती सचिव, पञ्च बहादुर वली सह सचिव, अमर सिंह बुढा कोषाध्यक्ष रहेका छन् ।
कार्यक्रममा जिल्ला सम्मेलन आयोजक समति सदस्य बिर बहादुर घर्तीले पहिचान सहितको संघियता र संघियता सहितको संघियताको पक्षमा एकिकृत नेकपा माओवादी अगाडी बढेको जानकारी गराउनुभएको थियो ।
कक्षा ८, ९ र १० का कक्षा स्तरीय इकाइ समितिका ८८ जनाको सहभागिता रहेको कार्यक्रमको संचालन जिल्ला सम्मेलन आयोजक समिति सदस्य सन्दिबल बुढाले गर्नुभएको थियो । कार्यक्रममा सुनिल र संगितको समेत सहभागिता रहेको थियो ।





Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com