रोल्पा, भाद्र २२
राप्रपा नेपाल रोल्पाले जेदबाङमा गाउँ इकाई कमिटी गठन गरेको छ । राप्रपा नेपालले मानबीर दमाईको अध्यक्षतामा १३ सदस्यीय इकाई कमिटी गठन गरेको छ ।
राप्रपा नेपालका टिका बहादुर वलीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा टुकमान पुन र बम बहादुर थापाको उपस्थितिमा कमिटी गठन गरिएको हो ।
जिल्लामा हाल सम्म ३९ वटा गाउँ कमिटी गठन सम्पन्न भएको राप्रपा नेपाल रोल्पाको सह अध्यक्ष गोबिन्द बलामीले जानकारी दिनुभयो । उहाँले छिटै गुम्चाल र बडाचौरमा पनी कमिटी गठन गरिने जानकारी दिनुभयो ।
यसैबीच एक कार्यक्रमका बीच एमालेका नेता तथा पूर्व जिबिस उपसभापती पूर्ण बहादुर वली र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला समिति सदस्य खड्ग बहादुर घर्ती पार्टी त्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका छन् ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com