Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Friday, 7 September 2012

बिद्यालय व्यवस्थापन समितिको बैठक

बिद्यालय व्यवस्थापन समितिको बैठक


रोल्पा, भाद्र २२
श्री तारा माध्यामिक बिद्यालय लिवाङ ७ रोल्पाको अभिभावक भेलाका साथै बिद्यालय व्यवस्थापन समितिको बैठक शुक्रबार सम्पन्न भएको छ ।
बैठकले बिद्यालय व्यवस्थापन समितिमा नयाँ पदाधिकारीलाई चयन गरेको छ । समितिमा राजन कवर अध्यक्ष, सदस्यहरुमा सम्झना गिरी, भक्त बहादुर पुन, टेक बहादुर कवर, शिक्षाप्रेमी मान बहादुर गुरुङ र सस्थापक तर्फबाट नोखराज पोख्रेल रहनु भएको छ । समितिमा अन्य सदस्य पछि थप्ने निर्णय गरिएको छ ।
भेलामा लिवाङ श्रोत केन्द्रका श्रोत व्यक्ति राजेश सुबेदी, सिविन नेपाल रोल्पाका दामोदर आर्चाय, श्री कृष्ण प्राथमिक बिद्यालय धारापानीका थाम बहादुर कवर, शिक्षक शिक्षिका, अभिभावक लगायतको सहभागिता रहेको थियो ।
भेलामा बिद्यालयका प्रधानाध्यापक शिवराज पोख्रेलले बिद्यालयको आय व्यय प्रस्तुत गर्नुभएको थियो । बैठकमा युवा श्रृजनात्मक केन्द्रले बिद्यालय प्रति अभिभावकको सक्रियता बिषयमा नाटक प्रस्तुत गरेको थियो ।
बिद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष जोख बहादुर कवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक ओम सेनले गर्नुभएको थियो भने शिक्षक ओबिलाल गिरीले स्वागत मन्तव्य दिनुभएको थियो ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com