Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Friday, 7 September 2012

खुल्ला लोकदोहोरी प्रतियोगिता र तिज बिशेष नृत्य प्रतियोगिता

खुल्ला लोकदोहोरी प्रतियोगिता र तिज बिशेष नृत्य प्रतियोगिता


रोल्पा, भाद्र २२
सम्मुनत समाज परिस्कृत सस्कार साक्षरता र शिक्षा निकासको आधार भन्ने मूल नाराका साथ घर्तीगाउँमा अन्तर सदनात्मक खुल्ला लोकदोहोरी प्रतियोगिता र तिज बिशेष नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
शिक्षा दिवश २०६९ को अवसर पारी कृष्ण माबि घर्तीगाउँमा कार्यक्रम सम्पन्न भएको हो । सगरमाथा, माछापूच्छे, अन्नपूर्ण र कञ्चनजङ्घा सदन क्रमश प्रथम, द्वितिय र तृतिय भएका छन् ।
श्रोत व्यक्ति कबिराज रिजालको आतित्थ्यता र बिद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद आर्चायको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन शोभाकर लामिछानेले गर्नुभएको त्यहाँबाट यज्ञ बहादुर वलीले जनाएका छन् ।
यसैबीच शिक्षा दिवशको अवसर पारी मदर ल्याण्ड एजुकेड एकेडेमी नुवागाउँ ९ रोल्पाले खो खो प्रतियोगिता सम्पन्न गरेको छ ।
गोर्बन्धन भण्डारीको प्रमुख आतित्थ्यता सम्पन्न भएको कार्यक्रममा पिङक हाउस प्रथम, ह्वाइट हाउस द्वितिय र ग्रीण हाउस तृतिय भएको त्यहाँबाट शिक्षक राजेन्द्र वलीले बताउनुभयो ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com