रोल्पा, भाद्र २२
जेलबांग गाविसको आयोजनामा संचालित व्यक्तिगत घटना दर्ता अभियान आज सम्पन्न भएको छ । यहि १२ गत्तेदेखि सुरु भएको अभियानको क्रममा गाविसका नौवटै वडामा दर्ता कार्य सम्पन्न गरिएको छ ।
गाविस सबै वडामा गरी जन्म दता ३५६, विवाह ३५ र मृत्यु दर्ता ३३ जनाको गरिएको छ ।
अभियानमा गाविस सचिव कृष्णा विष्ट, प्राविधिक छबिलाल महरा, एमाओवादी इन्चार्ज टिकाबहकादुर बुढा तुफान, एलजिसिडिपि सामाजिक परिचालक खड्कबहादुर पुन र प्रत्येक वडाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com