Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Friday, 7 September 2012

सामाग्री बितरण कार्यक्रम सम्पन्न

सामाग्री बितरण कार्यक्रम सम्पन्न


रोल्पा, भाद्र २२
जिल्ला बिकास समिति रोल्पा र जनसरोकार सेवा केन्द्र पोष्क रोल्पाकोसाझेदारीमा संचालित स्थानिय शासन तथा सामुदायिक बिकास कार्यक्रम अन्तरगत बिहिबार कोर्चबाङ १ मा नागरीक सचेतना केन्द्र र वडा नागरीक मन्चलाई कार्यलय ब्यबस्थापनको लागि सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम अब ०६८÷६९ सालमा जिबिस रोल्पा र पोष्क रोल्पाले नागरीक सचेतना केन्द्रंको लागि रु ३० हजार छुटयाको रकमले प्लष्टिक कुर्चि, १५ वटा टेबुल १ वटा, बाल्टी, जक २÷२ वटा फल्यास बोर्ड १ वटा, चटाई र नस्ताका लागि नगत रुपैया नागरीक सचेतना केन्द्रलाई बितरणगरिएको थियो भने वडा नागरीक मन्चकालागि रु १० हजार ८ सय रहेकोमा कार्यलय ब्यस्थापन गर्न प्रत्यक वडा लाई २ ÷२ वटा प्लष्टिकको कुर्चि बितरण गरिएको थियो ।
कार्यक्रममा कोर्चबाङ गाबिसमा १ वर्ष सम्म एल जि सिडि पि कार्यक्रमको समास्या  र उपलब्धी, राजनैतिक दल र वडा नगरीक संयोजकहरु संग समिक्षा कार्यक्रम समेत गरिएको थियो ।
कार्चबाङ गाबिसमा स्थानिय स्तरमा समस्या पहिचान गर्न, कोर्चबाङ गाबिस ए माओबादी, नेपाली कांग्रेस, र नेकपा एमाले, एलजि सिडि पी सामाजिक परिचारलक पूर्ण सिंह बिक यहि भाद्र २७ गते देखि कार्चबाङको ९ वटै वडामा बस्तु स्थीतीबारे जानकारी लिने र सहजि करण गर्ने भएको छ ।
कार्यक्रममा ए माओबादीका जिल्ला सम्मेलन आयोजक समिति सदस्य तिल बहादुर पुन शक्तिकुमार, भिम बहादुर पुन बिश्वास, एकपा एमाले क्षेत्रीय सदस्य कमन बुढा, स्थानिय शान्ति समिति संयोजक आईतराम बिक, थूर्पा प्रगतिशिल युवा क्लवका अध्यक्ष अक्त बहादुर पुन, दिबाङ बाल बिकास भवन निमार्ण समिति निबर्तमान अध्यक्ष दलसुर बिक, आमा समुह अध्यक्ष एक माया घर्ति, प्रबि डाडाथोक बिद्यलाय ब्यबस्थापन समिति अध्यक्ष कृति बहादुर घर्ति, वडा नागरीक मन्च ब्यबस्थापन समिति संयोजक महत्तम कुमार घर्ति, कोर्च २ का तिर्थराज पुन, कोर्चबाङ १ का हस्तराम घर्ति, वडा नगरीक मन्च कार्चबाङ ५ का जै कुमार पुन, कोर्चबाङ ३ तिल प्रंसाद बिक कोर्चबाङ २ का भुप नारायण बुढा, कोर्चबाङ १ का लाल बहादुर रोकाले मन्तब्य दिएका थिए ।
कार्चबाङ १ का तिल बहादुर पुनको स्वागत मन्ब्यबाट सुरु भएको कार्यक्रममा सभापतित्व कबिराम घर्तिले गर्नु भएको थियो भने संचालन पुर्ण सिंह बिकलृे गर्नु भएको थियो ।
   
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com