Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Friday, 7 September 2012

स्थानीय महिला समूहद्वारा मदिरा तथा जुवातास खेल्न बन्द ।।

स्थानीय महिला समूहद्वारा मदिरा तथा जुवातास खेल्न बन्द ।।


रोल्पा, भाद्र २२
पश्चिम रोल्पाको ओत गाविस वडा नंं. ५ मा स्थानीय महिला समूहले जुवातास खेल्न र जाडरक्सी खान बन्द गर्ने निर्णय गरेको छ ।
ओत ५ मा रहेको मनकामना महिला समूहले जुवातास खेल्दा र जाँडरक्सी खाँदा गाउँमा विकृति फैलिएको ठहर गर्दै यसलाई पूर्ण रुपमा नियन्त्रण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको अध्यक्ष दीपा घर्तीमगरले बताउनुभयो । 
महिला समूहले असोज ५ गतेसम्म प्रचारप्रसार गर्ने र त्यसपछि पनि समूहको निर्णय विपरित कसैले यस्तो कार्य गरको पाइएमा कडा कारबाही गर्ने निर्णय समेत गरेकोछ ।
महिला समूहको यो प्रयासले गाउँको सुशान र शान्तिमा केही राहत पुग्नुकासाथै जुवातास तथा मदिरासेवनबाट हुने उच्छृङ्खल गतिबिधि र दुर्घटना कम हुने स्थानीय सपना बुढा मगरले विश्वास व्यक्त गर्नुभयो ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com