Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Friday, 7 September 2012

पत्रकार महासंघ रोल्पाको बार्षिक साधारणसभा हुँदै ।।

पत्रकार महासंघ रोल्पाको बार्षिक साधारणसभा हुँदै ।।


रोल्पा, भाद्र २२
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको चौथो बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रम शुक्रबार लिवाङमा सम्पन्न भएको छ ।
सदरमुकाम लिवाङ स्थित कर्मचारी मिलन केन्द्रको हलमा भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले सत्य तत्य समाचार मात्र सम्प्रशन गर्न संचारकर्मीलाई सुझाव दिएका थिए ।
पत्रकारहरुले केन्द्रीय समाचारलाई मात्र प्रमुख बिषयबस्तु बनाएको भन्दै राजनैतिक दलका प्रतिनिधिहरुले स्थानिय समाचारलाई केन्द्रीत गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा स्थानिय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रमुख एवं प्रतिनिधि, उद्योगी, व्यापारी, जिल्लामा क्रियाशिल संचारमाध्यमका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
पत्रकार महासंघ रोल्पाका अध्यक्ष मौसम रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव मानसिंह बिकले गर्नुभएको थियो । कार्यक्रममा अहिले बन्द सत्र चलिरहेको छ । नेपाल पत्रकार महासंघ रोल्पामा ५१ जना सधारण सदस्य क्रियाशिल रहेका छन् ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com