Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Friday, 7 September 2012

माओवादी नेताले पछि जोडेको सम्पत्ति जफत हुने

माओवादी नेताले पछि जोडेको सम्पत्ति जफत हुने

२३ भदौ, काठमाण्डौं । एकीकृत नेकपा माओवादीले आफ्ना नेताहरुको पैतृक सम्पत्तिबाहेक सबै चलअचल सम्पत्ति जफत गर्ने तयारी गरेको छ । माओवादीले १० बर्षे सशस्त्र युद्धको अवधि र शान्तिप्रक्रियामा आएपछि पदीय हैसियत दुरुपयोग गरी आर्जन गरेको सवै सम्पत्ति पार्टीकरण गर्न लागेको हो । पार्टी नेताको सम्पत्ति छानविन गर्न गठित तीन सदस्यीय कार्यदलले पैतृक सम्पत्तिबाहेकका सवै जफत गर्न सिफारिस गर्न लागेको खबर नेपाल समाचारपत्र दैनिकमा छ ।
आयोगका एक सदस्यका अनुसार २०५२ साल फागुन १ यता हालसम्म आफ्नो वा नातेदारका नाममा घरजग्गा या गाडी जोडेको पाइएमा त्यस्ता नेताको सम्पत्ति जफत गरी निलम्बन गर्न समेत सिफारिस हुनेछ । ‘२०५२ फागुन १ देखि अहिलेसम्म कुनै पनि नेताले आफु, श्रीमती, छोराछोरी, दाजुभाई, वा ससुरालीका नाममा गाडी र घरजग्गाजस्ता सम्पत्ति जोडेको पाइएमा जफत हुनेछ र उसलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिनेछ’, ती सदस्यले भने ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com