Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Friday, 7 September 2012

भजन सुन्ने गाइले धेर दुध दिन्छन् ?

भजन सुन्ने गाइले धेर दुध दिन्छन् ?


२३ भदौ, काठमाण्डौं । मोरङको सुन्दरपुर दुईमा अभियान पशुपालन केन्द्र सञ्चालन गरेर बसेका दुई दाजुभाई सीताराम भट्टराई र हेमन्त भट्टराईले गाईभैसिलाई भजन सुनाउन थालेका छन् । उनीहरुले गत बैशाख १ गतेबाट गाइभैसीलाई भजन सुनाउन थालेका हुन् । इन्टरनेटको प्रयोगकर्ता यी दुई दाजुभाईले भजन सुन्ने गाइभैसीले दुध पनि धेरै दिने दाबी गरेका छन् ।
गाई र्फमकोबारेमा इन्टरनेटमा सर्च गर्दा उनीहरुले अस्ट्रेलियाको एक गाईर्फममा दुहुने बेलामा संगीत सुनाउने गरेको र त्यसो गर्दा दुध पनि धेरै आउने समाचार पढेपछि आफुहरुले पनि त्यसलाई फरकरुपले प्रयोग गर्दै गाई भैसीलाई आफ्नै ढंगले भजन सुनाउन थालेको बताए । हेन्तले भने-’हिन्दी र नेपाली भजन सुनेर गाइबस्तु आनन्दले बस्छन्, त्यो देख्दा हामीलाई पनि आनन्द आउँछ, भजन सुन्नेहरुले अरुको भन्दा धेरै दुध दिएको पनि हामीले पाएका छौ ।’
दुई दाजुभाईले आफ्नो र्फममा लहरै देवी देवताका तस्विर पनि राखेका छन् । ‘१० लिटर दुध दिने गाईले भजन सुन्दा आधा लिटर बढी दिने र घरको वातावरण पनि सौम्य र धार्मिक हुदो रहेछ, काम गर्न बहुत आनन्द छ,’ सीतारामले भने । केही समय साउण्ड सेट विग्रदा बस्तुले दुध पनि कम दिएको उनीहरुको दाबी छ ।
अहिले १७ वटा गाई भैसी पालेका भट्टराई दाजुभाईले केही दिनमै दुई सय गाई भैसी गोठमा राख्ने तयारीका साथ काम गरिरहेका छन् ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com