२३ भदौं काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत पिटर डब्लु. बोडी आज काठमाडौं आइपुग्नुभएको छ । नवनियुक्त राजदूत बोडीको राष्ट्रपति रामवरण यादवसमक्ष भदौ २५ गते सोमबार आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नवनियुक्त राजदूत बोडी नेपाल आउनु अगाडि उहाँ बग्दादस्थित अमेरिकी दूतावासमा असिस्टेन्स ट्रान्जिशनका असिस्टेन्ट चीफ अफ मिसनका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले सन् २००८ देखि २०१० सम्म मलावीका लागि अमेरिकी राजदूतको कार्यभार सम्हाल्नुभएको थियो । त्यस अगाडि उहाँ सन् २००६ देखि २००८ सम्म इस्लामावादस्थित अमेरिकी दूतावासमा डेप्युटी चीफ अफ मिसनका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
Saturday, 8 September 2012
नवनियुक्त अमेरिकी राजदूत नेपालमा
नवनियुक्त अमेरिकी राजदूत नेपालमा
Radio Jaljala FM
Author & Editor
Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.
Subscribe to our newsletter
(Get fresh updates in your inbox. Unsubscribe at anytime)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
radijaljalanews@gmail.com