Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Saturday, 8 September 2012

गुल्मीमा बस दुर्घटना, १२ जनाको मत्यु

गुल्मीमा बस दुर्घटना, १२ जनाको मत्यु



२४ भदौ, गुल्मी । गुल्मीमा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । २० जना भन्दा बढी घाइते भएका छन् । गुल्मीको तम्घासबाट काठमाण्डौ आउँदै गरेको लु.१ ख ५५ ८३ नम्वरको बस गुल्मीको दिगाम गा.वि.स.को सिरिङ्गाको नजिक हर्दिनेटा भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा ठेगाना नखुलेका गुल्मीका लालकुमार श्रेष्ठ, दरवार देवस्थान गुल्मीकी हरिकला अर्याल, अर्खले गुल्मीका हुलाक कर्मचारी यमलाल पाण्डे, विर्वास गुल्मीका टेकबहादुर सोमरे, मस्र्याम पाल्पाका मन बहादु क्षेत्री सहित पाँज जनाको परिचय खुलेको छ ।
दुर्घटनामा परी गाडी चालक दुर्गा घिमिरे घाइते भएका छन् भने, नाम थर ठेगाना नखुलेका गाडी मालिक दिनेश सकुशल रहेका छन् । रिडीबाट आएको प्रहरी, स्थानीय वासी र सिरिङ्गा प्रहरीले घाइते तथा मृतकहरुलाई उद्धार गरेका थिए । तिव्र गतिका कारण दुर्घटना भएको सिरिङ्गा प्रहरीले प्रारम्भिक अनुमान छ ।
घाईतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र सिरिङ्गा, प्रवाह मेडिकल कलेज पाल्पा र मिसन अस्पताल पाल्पामा उपचार भैरहेको छ । घाईतेको अवस्था हेर्दा मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
तम्घासबाट २४ जनाको चलानी लिएर हिडेको बस दुर्घटना भएको हो । बाटोका कति पनि यात्रुहरु चढेका कारण कति यात्रु सवार थिए भन्ने जानकारी हुन सकेको छैन । बस सडकबाट दुई सय ५० मिटर तल भिरमा खसेको छ ।

Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com