२४ भदौ, काठमाण्डौं । समायोजन रोजेका माओवादी लडाकूको छनौट कार्य अन्तरगत आज पनि वेयरिङ्ग परीक्षणसँगै हाइजम्प लङ्गजम्पलगायत भर्ना छनोटको आवश्यक परीक्षण भइरहेको छ । सामायेजन अन्तर्गत विभिन्न शिविरहरुबाट ९ सय ८० जनाले भर्ना छनौटका लागि फारम भरेका छन् । चितवन शक्तिखोर शिविरका २ सय २ जना, नवलपरासीमा १ सय ५५, इलाममा ८२, सिन्धुलीमा १०२, कैलालीमा ९५, सुर्खेतमा २३४, रोल्पामा १०९ जना पूर्वलडाकु रहेको सेना समायोजन विशेष समिति सचिवालयका वालानन्द शर्माले जानकारी दिनुभयो ।
छनोटमा विशेष समिति सचिवालयका सदस्य, नेपाली सेना र लोकसेवा आयोगका पदाधिकारीहरू सहभागी छन् । सुवेदारस्तरसम्मको छनोट प्रक्रिया चलिरहेकाले अधिकृतस्तरको छनोट भने भदौ २७ गतेदेखि चितवनको शम्शेरदल गण र चैनपुरमा रहेको सैनिक महाविद्यालयमा गरिने छ ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com