Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Saturday, 8 September 2012

कहाँ पुग्यो दलहरुको छलफल ? पुनस्र्थापना र नयाँ चुनावमा अझै कचकच

कहाँ पुग्यो दलहरुको छलफल ? पुनस्र्थापना र नयाँ चुनावमा अझै कचकच



२४ भदौ, काठमाडौं । अघिल्लो हप्ता दुईचार दिनसम्म दलहरुको गतिबिधि हेर्दा लौ अब छिटै सहमति हुने भयो भन्ने सबैलाई लागेको थियो । अब कहीँकतै ध्यान नदिइकन दिनहुँ छलफल गर्ने नेताहरुले बताए । संविधानसभा पुनस्र्थापना या नयाँ चुनावमध्ये एउटा बाटो रोजेर राजनीतिक निकास दिने उनीहरुको भनाई थियो । यसअनुसार संविधानका विवादित विषयमा उनीहरुले छलफल थाले । संघीयताको विषयमा छलफल केन्द्रित रहृयो । तर दुईचार दिन लगातारजसो छलफल गरेका नेताहरु एक हप्ता हुँदासम्म फेरि जमघट भएका छैनन् ।
‘एमाले अध्यक्ष झलनाथ खनाल बिरामी भएको र कांग्रेस नेताहरु आन्तरिक काममा व्यस्त भएकाले छलफल हुन नसकेको हो’ एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले भन्नुभयो -’दलहरुबीचको छलफलले छिटै निरन्तरता पाउनेछ ।’ तर आन्तरिक कामले जिल्लामा रहेका कांग्रेसका शीर्ष नेताहरु अझै राजधानी फर्किएका छैनन् । बिरामी भएका एमाले अध्यक्ष खनाल तंगि्रएर हिँड्न थालेपछि पार्टीको आन्तरिक काममै व्यस्त हुनुहुन्छ । माओवादीका शीर्ष नेताहरु पनि पार्टी कामकै सिलसिलामा बाहिरफेर गरिरहेका छन् । अझ प्रचण्डले त आफूले भदौ मसान्तसम्म सहमति गर्न छलफल अगाडि बढाएपनि कांग्रेस र एमालेका कारण सम्भव नभएको बताउनुभएको छ । कांग्रेस र एमालेका नेताहरुले पनि माओवादीका कारण सहमति हुन नसकेको पुरानै अडान दोहोर्याइरहेका छन् ।
भदौ मसान्तसम्म सहमति गर्छौं भनेर नेताहरुले भनेपनि राजनीतिको गाँठो जस्ताको तस्तै छ । संघीयताको मुद्दा नसल्टिएसम्म गतिरोध अन्त्य हुने सम्भावना पनि छैन ।
विवाद उस्तै
संविधानसभा पुनस्र्थापना या नयाँ चुनाव मध्ये एउटा विकल्प रोज्नुपर्नेमा दलहरु सहमत छन् । चुनावभन्दा पहिले पुनस्र्थापना हुनुपर्छ भन्नेको संख्या थपिँदो छ । पहिले पुनस्र्थापनाको विषयमा मुख खोल्न नसकेका कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले समेत पुनस्र्थापनाको पक्षमा प्रतिकृयता दिइसकेका छन् । तर कांग्रेस र एमालेका कतिपय नेताहरु पुनस्र्थापनामा जान सकिँदैन भनेर अझै पनि भनिरहेका छन् ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले संविधानसभा पुनःस्थापना भए लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाको अपमान हुने बताउनुभएको छ । असफल भइसकेको संविधानसभा त्यही रुपमा पुनःस्थापना हुनै नसक्ने उहाँको जिकीर छ । यस्तै एमाले नेता भीम रावलले संविधानसभाको पुनःस्थापनाको कुरा छोडेर नयाँ चुनाबमा जानुपर्नेमा जोड दिनुभएको छ । उहाँले राष्ट्रपति मार्फत बाधा अडकाउ फुकाएर संविधानसभाको नयाँ निर्वाचन गर्नुको विकल्प नभएको बताउनुभयो । तर नेपाली कांग्रेसका अर्का नेता डाक्टर रामशरण महतले भने निर्वाचनका लागि पनि संविधानसभा पुनस्र्थापना गर्नुपर्ने बताउनु भएको छ । ‘अन्तरिम संविधानले नया निर्वाचनको परिकल्पना नै नगरेकोले अहिले देखिएको संबैधानिक संकट समाधानका लागि छोटो समयको लागि भएपनि संविधानसभा पुनस्र्थापना गर्नुपर्छ’ उहाँले भन्नुभयो । यस्तै एमाले उपाध्यक्ष बामदेव गौतमले विवादित विषयमा सहमति गरेर मात्र संविधानसभा पुनस्र्थापना गर्नुपर्ने बताउनुभएको छ । यसपछि मात्र संविधान घोषणा गरेर संसदको चुनावमा जान उपयुक्त हुने उहाँको भनाई छ ।
यस्तै माओवादीले छोटो अवधिका लागि संविधानसभा पुनःस्थापना गर्नुपर्ने बताएको छ । विगतमा जस्तो भत्ता खाने गरी लामो अवधिका लागि भने संविधानसभा ब्युँताउन नहुने प्रवक्ता अग्नी सापकोटाले बताउनुभयो ।
यसरी एउटै पार्टीभित्र पनि पुनस्र्थापना र चुनावबारे फरकफरक बुझाई छ । चुनावभन्दा पुनस्र्थापनाको पक्षमा मत थपिँदै गएपनि विकल्प कुन उपयुक्त हो भन्ने अझै प्रष्ट भैसकेको छैन । पार्टीभित्रै समान धारणा नबन्दासम्म दलहरुबीचको छलफलले यसबारे छिटै टुंगो लगाउने सम्भावना देखिँदैन ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com