Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Saturday, 8 September 2012

अमेरिकाले नेपालसँग माग्यो ५० लाख डलर क्षतिपूर्ति

अमेरिकाले नेपालसँग माग्यो ५० लाख डलर क्षतिपूर्ति



२४ भदौ, काठमाण्डौ । काठमाण्डौका सडक फराकिलो पार्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको योजनामा तगारो बनेको नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकारसँग ५० लाख डलर अर्थात करिव ४४ करोड रुपैयाँ क्षतिपूर्ति मागेको छ । लाजिम्पाट महाराजगंज सडकखण्डमा दक्षिण एसियाकै सवैभन्दा ठूलो र सुबिधासम्पन्न दूतावास खडा गरेको अमेरिकाले कम्पाउन्ड भत्काउन अस्वीकार गर्दै क्षतिपूर्ति मागेको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार क्षतिपूर्ति नदिए सडक भत्काउन नदिने अमेरिकी दूतावाले अडान लिएको छ ।
बाटो विस्तार गर्ने बाबुराम योजनामा अमेरिका दूतावास एक्लो बाधक हैन् । चिनियाँ, जापानी, फ्रान्सेली, रुसी र जर्मन दूतावासले पनि आफ्ना पर्खाल र भवन भत्काउन अस्वीकार गरेका छन् । जसका कारण लाजिम्पाट-बाँसबारी सडकखण्ड फराकिलो बनाउने सरकारको योजना बिचमै रोकिएको छ । स्थानीय वासिन्दाको तिब्र बिरोधका बाबजुद उनीहरुका घरमा डोजर चलाएको सरकारले अन्तराष्ट्रिय सम्बन्ध बिग्रने डरले उनीहरुका सम्पत्तिमा डोजर हान्न सकेको छैन् । पर्खाल र कम्पाउन्ड भत्काउन अमेरिकी तथा जापानी दूतावासले ठूलो परिणाममा क्षतिपूर्ती मागेपछि सरकारले सडक विस्तारको क्रमलाई तिव्रता दिन सकेको छैन ।
कुटनीतिक नियोगले सडक विस्तारको कामलाई समर्थन गरेपनि आफ्नो भवन र पखार्ंल भत्काउन भने अस्वीकार गर्दै आएका छन् । यस्तै सडक विस्तारका क्रममा दूतावासको भवन तथा पर्खाल सहित राजदूतको आवासमा समेत भत्काउन चिन्ह लगाइएपनि भत्काउन भने सकिएको छैन । स्रोतका अनुसार अधिकांस दूतावासका भवन आचारसंहिता विपरित पास नगराई निर्माण भएका छन् । यता एक उच्च अधिकारीले भने समस्या समाधानका लागि सम्बन्धित दूतावासका अधिकारीहरुसंग अनौपचारिक छलफल भइरहेको वताए ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com