अमरजित पुन मगर
रोल्पा, भाद्र २४ गते
रोल्पा जिल्लाको उत्तरी भेगका केही गाविसहरुमा लगाएको मकैबालीमा अज्ञात रोग लाग्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । पाक्न लागेको मकै बालिमा अज्ञात रोग लागे पछि किसानहरु भोक मरी पर्ने त्रासमा रहेका छन् ।
यस बर्ष ढिलो गरी बर्षा भएपछि बाली लगाउने समय भन्दा निकै ढिलो गरि खेतिगर्न बाध्यएका किसानहरु मकै बाली फल लगाउदै गर्दा बोट मै सुकेर नस्ट हुन थाले पछि चिन्तीत बनेका हुन् । जिल्लाको कुरेली, राङसी, रांकोट, इरिवांग, राँक र पाछावां लगायतका गाविसहरुका वर्षेबाली मकैमा यस्तो अज्ञात रोग देखा परेको हो ।
असार महिनामा मात्र लगाएको मकैबाली फल लगाउने बालामै यस्तो रोग देखा परेपछि यस बर्ष भोग मरी पर्न सक्के स्थानि कृषक पहलमान डागीले बताउनु भयो । सुरु सुरुमा मकैको पात कालो हुने र पछि गएर बोट नै सुक्ने रोग लागेपछि आफुहरुले बेसायर खाने अबस्था आउन लागेको डागीले गुनासो गर्नु भयो ।
जिल्ला कृषि विकास कार्यालयमा जानकारी गराउदा पनि कार्यालयले वास्ता नगरेको उनिहरुको गुनासो छ । सुरुमा अलि अलि देखिदा नै जानकारी गराएको भए पनि अझै सम्म सम्बन्धीत निकायले ध्यान नदिएको राँक बासी राजेन्द्र रानाले बताउनु भयो ।
यता जिल्ला कृषि विकास कार्यालयले भने आफुहरुकहाँ जानकारी आई नपुगेको बताएको छ । त्यस बारे बास्तविकता बुझेर रोगको निधान गर्ने बताएको छ ।
यस वर्ष निकै ढिला गरी वर्षा भएपछि जिल्लाका अधिकांश क्षेत्रमा बैशाखमा लगाउने मकै बाली असारमा लगाउनु परेकोले पनि खाद्य अभाव हुने देखिएको छ । आफूहरुले समयमै बाली लगाउन नपाएको र ढिलै गरी भए पनि लगाएको बालीमा रोग लागेकाले सरकारले सुपथ मुल्यमा खाद्यान्न उपलब्ध गराउन पर्ने किसान हरुको माग रहेको छ ।
समयै बर्षा नभएपछि यस बर्षको आलु खेतिमा पनि निकै कमिआएको किसानहरु बताउछन् । रोल्पाको थबाङ, जेल्बाङ, फगाम, मिरुल, कुरेलीका अधिकांश किसानहरुले लगाउने आलु खेतिम गिरावत आएपछि दैनिक गुजरामा समेत बाधा पुग्ने उनिहरुको भनाई छ ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com