काठमाडौं, आश्विन ३ । एकीकृत माओवादी र मधेसी मोर्चाले आज बस्ने ४ दलको बैठकमा दश प्रदेशको प्रस्ताव लैजाने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहान बसेको बैठकले यस्तो निर्णय गरेको हो । दश प्रदेशमा कांग्रेस र एमालेलाई सहमतिमा ल्याउने त्यसमा नमिले १४ प्रदेशको प्रस्ताव गर्ने भएका छन् । आफ्नो प्रस्तावमा सहमति नजुटे निर्वाचनमा जानुको विकल्प नभएको निष्कर्ष सत्ताघटकको छ ।
माओवादीले शीर्ष दलको बैठकमा लचिलो भएर प्रस्तुत हुने संकेत गरे पनि मोर्चा भने आफ्नो अडान नछाड्नेमा छ । दलहरुबीच मूख्य गरी संघीयतामा कुरा मिलेको छैन ।
दलहरुबीच आन्तरिक र दुईपक्षीय छलफल भएपछि संयुक्त बैठक बसेर सहमतिका लागि अन्तिम प्रयास गर्ने बुझिएको छ ।

No comments:
Post a Comment
radijaljalanews@gmail.com