Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Tuesday, 18 September 2012

निर्णायक छलफलका लागि शीर्ष दलको बैठक बस्दै

निर्णायक छलफलका लागि शीर्ष दलको बैठक बस्दै



३ असोज, काठमाण्डौं । मधेशी मोर्चासहित प्रमुख तीनदलले दलहरुबीच विवाद रहेको संविधानसभा पुर्नस्थापना वा नयाँ निर्वाचन भन्ने विषयमा आज सहमित जुटाउने भएका छन् । आजको बैठकमा दलहरुले संविधानसभा पुर्नस्थापनाका विषयमा छलफल गर्ने नेताहरुले बताएका छन् ।
दिउँसो तीनबजे पछि बस्ने बैठकले संविधानसभा पुर्नस्थापनाका विषयमा छलफल गर्ने र त्यसमा सहमति नजुटे नयाँ निर्वाचनका बारेमा सहमति जुटाईने एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । साथै बैठकमा सरकारको नेतृत्वका बारेमा पनि छलफल हुने बताईएको छ ।
त्यसअघि एकीकृत नेकपा माओबादी र मधेसी मोर्चाको अनौपचारिक बैठक बस्ने स्रोतले जनाएको छ । यस्तै नेपाली काँग्रेस र नेकपा एमालेबीच पनि छलफल हुने जनाइएको छ ।

Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com