Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Sunday, 9 September 2012

राप्रपा नेपाल रोल्पाको भेला सम्पन्न

राप्रपा नेपाल रोल्पाको भेला सम्पन्न



रोल्पा, भदौ २४ 
राप्रपा नेपालको  घोडागाउँमा आज सम्पन्न भेलाले गाउँ कार्यसमिति पुनर्गठन गरेको छ । भेलाले धरनेपाल शाहको अध्यक्षतामा १५ सदस्यीय गाउँ कार्यसमिति चयन गरेको छ ।  अन्य पदाधिकारीहरुमा उपाध्यक्ष बोदी कुवर, कोषाध्यक्ष भिमबहादुर शाह, सचिव गोमा शाह, सहसचिव हरिबहादुर पुन रहनुभएको छ । 
त्यस्तै सदस्यहरु चित्रबहादुर केसि, विष्णु खत्री, महेन्द्र ध्वज शाही, दोमु कवँर, किरे खत्री, पम्फा शाह, शान्ति शाह, मतिराम कवँर, बन्धु थापा र पुष्पा शाह चयन हुनुभएको छ । 
राप्रपा नेपालका रोल्पा जिल्ला अध्यक्ष टिकाबहादुर वलीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा अतिथिहरु तुकमान पुन र बमबहादुर थापाले प्रशिक्षण दिनुभएको थियो । 
यसैबिच राष्टिय शक्ति प्रजातन्त्र पार्टी क्षेत्र नं. १ का कोषाध्यक्ष निपेन्द्र सिंह राप्रपा नेपालमा प्रवेश गर्नुभएको छ । अध्यक्ष टिका बहादुर वलीले राप्रपा नेपालको सदस्यता प्रदान गर्दै अविर लगाएर पार्टी प्रवेश गराउनुभएको थियो । 
३५ जना कार्यकर्ताको उपस्थिति रहेको अध्यक्षता हरि बहादुर पुनले भने संचालन चित्रबहादुर केसिले गर्नुभएको थियो । 
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com