Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Wednesday, 3 October 2012

गृहमन्त्रीको विरोधमा सरकारी कार्यालय बन्द

गृहमन्त्रीको विरोधमा सरकारी कार्यालय बन्द



१८ असोज, कैलाली । गृहमन्त्री विजय कुमार गच्छदारको विरोध गर्दै कैलालीमा सरकारी कार्यालय र सरकारी सवारीका साधान आज बन्द गरिएको छ ।
गृहमन्त्रीले अखण्ड सुदुरपश्चिमको बिपक्षमा बोलेको अभिव्यक्ती सच्याउनुपर्ने माग राख्दै अखण्ड सुदुरपश्चिम एकता समाज कैलालीले आज एक दिन जिल्लाभरिका सरकारी कार्यालय र सरकारी सवारीसाधन बन्दको आह्वान गरिएको हो ।
सुदुरपश्चि जानु भएको मन्त्री गच्छदारले अखण्ड सुदुरपश्चिम हुनै नसक्ने अभिव्यक्ती दिई दुई पक्षबिच बिवाद बढाएको भन्दै समाजले तत्काल अभिव्यक्ती सच्चाउन माग गरेको छ ।
अभिव्यक्ती नसच्याईए थप कडा आन्दोलको घोषणा गरीने समाजका प्रेस संयोजक हरी रेग्मीले जानकारी दिनुभयो । समाजको एकदिने सरकारी कार्यालय र सरकारी सवारीसाधन बन्दको बिपक्षी दलका बिद्याथी तथा युवा संगठनहरुले समेत सर्मथन जनाएका छन ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com